पोखरामा ‘शिक्षासँगै संगीत’: भदौ दोश्रो साता 'इन्टर स्कुल व्याण्ड कम्पिटिसन'
पाेखरा | असार २, २०८१
पोखरा: पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ ।
पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दुई दिनसम्म हुने कार्यक्रम पोखरा सभागृह हलमा हुने जनाइएको छ ।
‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।
पहिलो संस्करणमा ईन्टर कलेज व्याण्ड कम्पिटिसन आयोजना गरेको संघले यसपटक प्रतियोगितालाई परिमार्जन गर्दै ईन्टर स्कुल व्याण्ड कम्पिटिसन गर्न लागेको उनले प्रष्ट्याए ।
स्कुल र कलेजका विद्यार्थीबीच प्रतिष्पर्धा गराउँदा लेभल मिलेन,उनले भने,‘त्यसैले यस पटकदेखि विद्यालय स्तरिय प्रतियोगिता गर्ने निर्णय ग¥यौं’–उनले भने । ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ ।
प्रतियोगितामा सहभागिताका लागि स्कुल लेभलका व्याण्डहरुले फारम भर्नुपर्ने संघले जनाएको छ ।
फारम भरेकाहरुले भिडियोमार्फत डिजिटल अडिसन दिनुपर्ने र सो प्रस्तुतीका आधारमा छनौट गरिने संघका अध्यक्ष गुरुङले जानकारी दिए । त्यसपछि फिजिकल अडिसन दिनुपर्ने र सो राउण्डमा स्कुल व्याण्डहरुले गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको छ ।
त्यसमा छनौट भई फाईनलमा पुगेकाहरुले एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकहरुको गरेर दुईवटा गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको अध्यक्ष गुरुङले बताए । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ ।
प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने ।
संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ । मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ ।
पत्रकार सम्मेलनमा सहभागि प्याव्सन कास्कीका अध्यक्ष मथुरा पौडेलले स्कुल स्तरमा संगीतको माहौल बनाउन प्रतियोगिता सहयोगी भएको बताए । स्कुलमा संगीत पहिलेपनि सिकाउने गरिन्थ्यो,उनले भने,‘तर सिकाएको परिणाम कस्तो छ भन्ने थाहा हुँदैनथ्यो । प्रतियोगिताले हाम्रो स्तर र सुधार्नुपर्ने कुरा उजागर गरेको छ ।
यसले स्कुलमा संगीतको माहौल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले प्रतियोगिताका लागि प्याव्सन कास्कीले न्यूनतम ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमापनि सहयोगलाई निरन्तरता दिने बताए ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

